अर्जुनधारामा बिजुली सर्ट भएर गाईगोठमा आगो लाग्दा १३ लाखभन्दा बढीको क्षति

शनिबार, ०६ मंसिर २०८२
तस्बिर : फाइल

झापा । झापाको अर्जुनधारा नगरपालिका–१० चोथाईस्थित बलबहादुर दाहालको गाईगोठमा अचानक बिजुली सर्ट भई लागेको आगलागीले ठूलो क्षति पुर्‍याएको छ। हिजो (शुक्रबार) राती ११ः३० बजे गोठमा रहेका १० वटा खासि–बाख्रा, ५० वटा बोइलर कुखुरासहित गाईगोठ पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १३ लाख २५ हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगो लागेपछि बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी टोली तथा स्थानीय बासिन्दाको सहयोगमा धेरै प्रयासपछि सोही रात मंसिर ६ गते बिहान करिब २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएका थिए।

आगो निभाउने क्रममा गोठधनी बलबहादुर दाहालकी ४२ वर्षीया श्रीमती छत्र कुमारी थापाको दुवै हात पोलिन पुगेको र नजिकका ७० वर्षीया भिमादेवी भण्डारी आगोबाट बच्न खोज्दा लडेर दाहिने हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेलाई शनिश्चरेस्थित शंकर अस्पताल लगेपछि उपचार गरेर डिस्चार्ज गरिएको छ।

आगो लाग्ने कारण विद्युतीय सर्ट भएको प्रारम्भिक अनुमान गरिए पनि घटनाबारे थप अनुसन्धान र तथ्य बुझ्ने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार