वीर्यको संरक्षणले पुरुषमा हुनुपर्ने शक्ति, सौर्य, सुन्दरता, आरोग्य, बौद्धिकता आदिको विकास हुन्छ।वीर्य र रज यी दुईवटा महाशक्ति हुन, जसको संयोगले एउटा अर्को महामानवको जन्म हुन्छ। यी दुवै महाशक्तिको मिलन कुनै साधारण घटना होइन। यो विधिको शाश्वत र प्राकृतिक विधान हो। ब्रह्मचर्य साधनाद्वारा कम्तीमा वर्ष दिनसम्म जोगाइएको विशुद्ध वीर्यबाट नै असल सन्तानको जन्म हुन्छ भन्ने आयुर्वेदको मत छ। यति मात्र होइन वीर्यको संरक्षणले पुरुषमा हुनुपर्ने शक्ति, सौर्य, सुन्दरता, आरोग्य, बौद्धिकता आदिको विकास हुन्छ। यसकारण वीर्यको संरक्षण गर्नुलाई हाम्रा धर्मशास्त्रले ब्रह्मचर्य व्रत भनेको छ। वीर्यको निर्माण कसरी हुन्छ? आचार्य सुस्रुतका कुरा हेरौं– ‘रसाद्रत्रम ततो मांसं मान्सान्मेद प्रजायते मेदस्यास्थि ततो मज्जा मज्जया शुक्र संभव’ अर्थात भोजन पचेको प्रत्येक पाँच पाँच दिनको फरकमा रगतबाट मासु, मासुबाट मेद, मेदबाट अस्थि, अस्थिबाट मज्जा र मज्जाबाट वीर्य (शुक्राणु) बन्दछ।
रज अथवा पूर्ण विकसित भएर कुनै वीर्यद्वारा मिलनका निम्ति पर्खिरहन्छ।विज्ञानको मतानुसार दस ग्राम वीर्य बन्न तीस दिन र चार घण्टा लाग्दछ। यसरी नै बत्तीस किलो भोजनबाट आठसय ग्राम रगत बन्दछ, आठसय ग्राम रगतबाट बीस ग्राम वीर्यको निर्माण हुन्छ। वीर्यका प्रत्येक अणुमा असीमित उर्जा लुकेको हुन्छ। सृष्टि विस्तार गर्ने सामर्थ्य हुन्छ। वीर्य शरीरको राजा हो जसभित्र अनेक वैज्ञानिक, लेखक, दार्शनिक, योद्धा आदि महामानवहरू जन्माउन सक्ने सम्भावित शक्ति हुन्छ। जसरी महिलाहरूमा प्राकृतिक हिसाबमा रज निर्माणको प्रक्रिया शुरू हुन्छ त्यसरी नै पुरुषहरूमा पनि वीर्य निर्माणको प्रक्रिया हुन्छ। रज अथवा पूर्ण विकसित भएर कुनै वीर्यद्वारा मिलनका निम्ति पर्खिरहन्छ। जब यो सात दिनसम्म कुनै वीर्य पाउँदैन तब यो रज स्वतः क्षरण प्रक्रियातिर फर्किन थाल्छ। यसरी बनिने र बिग्रने प्रक्रिया पूरा हुन अठाइस दिनसम्म लाग्छ। जसरी शुक्लपक्ष र कृष्णपक्षमा चन्द्रमाको घटने र बढ्ने क्रम हुन्छ, त्यसरी नै महिलाको रजोदर्शनमा पनि घट्ने र बढ्ने क्रम हुन्छ।
यो खेलाँचीको विषय होइन, एउटा असल व्यक्ति निर्माणको प्राकृतिक विधान हो।यो सृष्टि प्रक्रियाको प्राकृतिक व्यवस्थापन हो। महिलाको रज मानिसमा हुने मन, बुद्धि, चित्त, अहंकार निर्माण गर्ने प्राकृतिक तत्व पनि हो। रजको निर्माण पनि चन्द्रमाद्वारा हुन्छ। ‘चन्द्रमा मनसो जात’ अर्थात चन्द्रमा मनका देवता हुन्। मनसहित प्रकृतिका समस्त प्राणीहरूमा चन्द्रमाले रस प्रदान गरेका छन्। यो रज यस्तो प्रकारको ऊर्जा हो, जस्लाई विज्ञानका कुनै पनि प्रविधिहरूले बुझाउन सक्तैनन्। उदाहरणका लागि एउटा पाकेको आँपभित्र गुलियो रस र मिठास कहाँबाट पस्यो? भौतिक विज्ञानले सायद किटान गरेर बताउन सक्दैन। तर अध्यात्म विज्ञानले वृक्ष उम्रने, बढ्ने, हाँगा हाल्ने र फल फल्ने प्रक्रियासम्म सूर्यको प्रकाशले गर्छ र फलभित्र चन्द्रमाले रस प्रदान गर्दछ भनेर किटान गरेको छ। भौतिक विज्ञानको ज्ञान भौतिक पदार्थसम्म मात्र सीमित हुन्छ। तर आध्यात्मिक विज्ञान भौतिक विज्ञानभन्दा धेरै टाढा अनि गहन छ। अध्यात्म विज्ञान माइक्रोस्कोप टेलिस्कोपको पहुँचदेखि धेरै टाढाको तत्व हो। भौतिक विज्ञानभन्दा अनन्त गुना सूक्ष्मविज्ञान छ, सुक्ष्मविज्ञान भन्दा आध्यात्मविज्ञान कैयौं गुना टाढा छ, जो सामान्य मानिसका वैज्ञानिक उपकरणले जान्न र बुझ्न सकिने कुरा होइन।
आफ्नो समाजमा चलिआएको राम्रो पक्षलाई रुढिवादी मान्नु र मनमानी हिसाबमा चल्नुलाई युक्तिसंगत भन्न कदापि सकिंदैन।हाम्रा प्राचीन तत्वदर्शी ऋषि (वैज्ञानिक) हरुले रजस्वला सम्बन्धी गहन अध्ययन गरेर आफ्ना गहन विचार राखेका छन्। महिलाको महिना दिनमा हुने रजस्वलामा शरिरबाट प्रदूषित रगत बाहिर निस्कने र गर्भधारणका लागि चार दिनपछि मात्र उपयुक्त हुने हुनाले चार दिनसम्म अनिवार्य बार्नु पर्ने बताएका छन्। किनभने पाठेघर एउटा शुद्धीकरण यन्त्र पनि मानिन्छ। ‘यथा रजसा शुद्धयते नारी।’ रजस्वला प्राकृतिक शुद्धीकरण विधि हो। यो खेलाँचीको विषय होइन, एउटा असल व्यक्ति निर्माणको प्राकृतिक विधान हो। यसकारण तीन दिनसम्म नारीले एकान्तमा अहिलेको भाषामा क्वारेन्टिन बस्ने र चार दिनमा स्नान गरेपछि मात्र शुद्धीकरण हुने कुरा विद्वान अनुसन्धाताले बताएका छन्। ‘यथा दिनत्रया त्यक्त्वा शुद्धा स्याद गृह कर्मणि।’ महिला जब रजस्वला हुन्छिन्, उनको शक्तिको प्रतीक रजको क्षरण हुन थाल्छ। यस अवस्थामा महिलाको शरीरमा अनेक प्रकारको समस्या आउँछ। शारीरिक र मानसिक रुपमा दुर्बल हुन्छिन्। शरीर भित्रको प्रदूषित रगत बाहिर निस्कन थाल्छ। यसले घरका अन्य सदस्यहरू पनि प्रभावित हुने जोखिम हुन सक्छ। घरमा उपयोग गर्ने चिजबिज बोटबिरुवा आदिमा पनि दुष्प्रभाव पार्न सक्छ। यस अवस्थामा महिलाको शरीर एउटा विशेष प्रक्रियामा गुज्रिरहेको हुन्छ र उसमा सम्पूर्ण विकिरणको प्रभाव रहेको हुन्छ। यो विकिरण यति शक्तिशाली हुन्छ कि एउटा तुलसीको बोट, जसमा Radiooactive Radiations रोक्ने क्षमता हुँदाहुँदै पनि यो विकिरणलाई सहन गर्न सक्तैन।
सामर्थ्य र बुद्धि अनुसारको अलिक बेग्लै ठाउँमा छाप्रो ‘छाउपडी’ बनाएर रजस्वला महिलालाई बेग्लै राख्ने चलन थियो।यदि कुनै रजस्वला महिलाले तुलसीको बोट छोइदिना साथ ओइलाउन थाल्छ। खाद्य पदार्थमा पनि असर हुन्छ, किनभने अन्नबाट मन, चित्त, बुद्धि र अहंकारको निर्माण हुन्छ र खानेकुरामा पनि असर परोस् भन्ने हेतुले रजस्वला महिलाहरूलाई भोजन बनाउन पनि बर्जित गरेको हो। यो विकिरणले विचार र बुद्धिका रुपमा सात्विकताको पनि लोप हुन जान्छ। किनभने उर्जा कहिले उत्पत्ति वा लय हुने तत्व होइन, यो त एकपछि अर्को पदार्थमा रुपान्तरण हुनेमात्र हो- Energy can neither be created nor be destroyed, it can only be transformed into one form to another.' संसारका सामान्य मानिसहरूको बौद्धिक धरातल निम्नकोटिको हुन्छ। यही कारण हाम्रा दूरदर्शी पुर्खाहरूले शास्त्र र धर्मको डर देखाएर रजोधर्मको पालन गराउने विधि बताएका हुन्। महिनावारीमा महिलाले चार दिनसम्म कुनै पनि काम नगरी विश्राम गर्नु, एकान्तमा विश्राम गर्नु भन्ने कुरा महिला शोषण हो र? अर्को कुरा उहिले हाम्रो एउटा मात्र सानो घर हुन्थ्यो। कोठा हुँदैनथ्यो। सामर्थ्य र बुद्धि अनुसारको अलिक बेग्लै ठाउँमा छाप्रो ‘छाउपडी’ बनाएर रजस्वला महिलालाई बेग्लै राख्ने चलन थियो। अहिले आफ्नै घरको बेग्लै कोठामा चार दिने विश्राम दिनु र त्यसपछि स्नान गर्नु, शुद्ध हुनुलाई महिलालाई दमन गरेको भन्न मिल्छ र? आफ्नो समाजमा चलिआएको राम्रो पक्षलाई रुढिवादी मान्नु र मनमानी हिसाबमा चल्नुलाई युक्तिसंगत भन्न कदापि सकिंदैन। महिलावाद र पुरूषवाददेखि माथि उठेर रजस्वलाको वास्तविकता बुझ्नुपर्छ यसकारण उत्तम, पवित्र, ज्ञानी, दीर्घायु र निरोगी सन्तान बनाउने कुरालाई ध्यानमा राखी रजोधर्मको पालन गरौं। हाम्रा राम्रा परम्पराको संरक्षण गरौं। -मणिपुर, भारत (‘नेपालटच’ बाट साभार)
प्रतिक्रिया