झापा विद्रोहका योद्धा वाग्लेको निधन

विहीबार, १६ कार्तिक २०८०
झापा । २०२८/२९ सालको झापा विद्रोहका योद्धा तथा झापाका पुराना वामपन्थी नेता खडानन्द वाग्लेको बिहीबार साँझ निधन भएको छ । कलेजोमा क्यान्सर भएर लामो समय पीडित बनेका वाग्लेको ७८ बर्षको उमेरमा निधन भएको झापा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । वाग्ले साविक बुधबारे गाविसका पूर्व अध्यक्षसमेत हुन् । उनको आफ्नै निवास बुद्धशान्ति १ मा निधन भएको वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिए । युवावस्थादेखि नै वामपन्थी राजनीतिमा लागेका वाग्ले झापा विद्रोहका बेला लामो समय भूमिगत राजनीति गरेका थिए ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार