भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

शनिबार, १८ कार्तिक २०८०
काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पमा परी ५० जना भन्दा धेरैले ज्यान गुमाएसंगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्रमा जने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड आफैं प्रभावित क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा जान लागेको उनले बताबए । प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् । भूकम्पबाट जाजरको र रुकुम पश्चिममा क्षति भएको छ । जाजरकोटको नलगाड र रुकुमको आठविसकोट नगरपालिका र सानीभेरी नगरपालिकामा ठूलो क्षति भएको छ। उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री दाहालले राहत र उद्धारका लागि तीनवटै सुरक्षा निकायलाई जुट्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार