ब्यारेकभित्रै झुण्डिए सैनिक

आइतबार, १९ कार्तिक २०८०
झापा । चारआलीस्थित अरिदमन गणमा एक जना सैनिक जवानले झुण्डिएर आत्महत्या गरेका छन् । गणका सैनिक जवान २१ वर्षीय गौरव रिजाल व्यारेकको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ । उनी पाँचथर फाल्गुनन्द गाउँपालिका निवासी हुन् । घटनाका बारेमा अनुसन्धान गर्न प्रहरी टोली खटाइएको प्रहरी स्रोतले जनाएको छ । रिजालको शव मेची प्रादेशिक अस्पतालमा परीक्षण गरिएको बताइएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार