झापा । औषधि व्यवसायी वाशु दुलालले आफ्नो जन्मोत्सव विपन्न परिवारका सदस्यलाई सहयोग गरेर मनाएका छन् ।
बिर्तामोड – ४ का दुलालले स्थानीय चार परिवारलाई खाद्यन्य सहयोग गर्दै आफ्नो जन्मोत्सव मनाएका हुन् । जन्मदिन अवसर पारेर होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्च कटाएर दीन दुःखीलाई सहयोग गरेर समाजमा उदाहरणीय कार्यको थालनी गर्दै आफ्नो ४५ औं जन्मोत्सव मनाएका हुन् ।
उनले स्थानीय पम्फा राजवंशी, भीम सोरेन, लुखी टुडू र वड्की सोरेनको परिवारलाई खाद्यन्य अन्तरगत एक महिनालाई पुग्ने चामल, तेल दाल प्रदान गरेका छन् । सोही अवसरमा कात्तिक १९ गते नै जन्मदिन पर्ने वालिका मेरी सोरेनको समेत जन्मोत्सव मनाएका हुन् । मेरीलाई केक काटेर खुवाउँदै उनले आफ्नो भन्दापनि उनको जन्मोत्सवलाई विशेष बनाएका हुन् ।
दुलालले होटल तथा रेष्टुरेन्ट गरिने फजुल खर्चलाई कम गर्दै समाजमा रहेका अति विपन्न , विपन्न समुदायलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । उनले अन्यलाई आफ्नो जन्म दिन विपन्न परिवारको घरमा पुगेर सहयोग गर्दै मनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया