माओवादीको धक्कु नलगाउन उपप्रमुख संग्रौलाको चेतावनी

आइतबार, १९ कार्तिक २०८०
झापा । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संगौलाले गरेको आग्रह नेकपा माओवादी केन्द्र बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बाले अस्बीकार गरेको विषय सतहमा आएको छ । नगरपालिकाको न्यायिक समितिमा भएको सहमति कार्यान्वयन गर्न न्यायिक समिति संयोजक समेत रहेका संग्रैलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष सुब्बलाई आग्रह गरेपछि उत्पन्न भएको विवाद सतहमा आएको हो । बिर्तामोड नगरपालिकाको सभाहलमा आइतवार आयोजिक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आएका उपप्रमुख संग्रौला कड्एिपछि उनीहरु बीचको विवाद सतहमा आएको हो । टेलिफोन संवादमा संग्रौलाले अध्यक्ष सुब्बालाई माओवादीको धक्कु नलगाउन भन्दै कड्एिपछि केहीबेर कार्यक्रममा सहभागी नै जिल्ल परेका थिए । [video width="640" mp4="https://pradeskhabar.cdnsolution.net/uploads/2023/11/397615160_7066189766796001_653792251745799143_n.mp4"][/video] आइतवार नगरमा सूचनाको हक सम्वन्धि कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागी बन्न आएका उपप्रमुख संग्रौला केहीबेर टेलिफोनमा नै कड्किरहे । कार्यक्रम सञ्चालकले उपप्रमुख संग्रौलालाई शान्त रहन अनुरोध गरेपनि सुब्बबाट पीडित भनिएकी एकल महिलाको पक्षमा भएको सहमति कार्यान्वयन गर्न उनले पटक पटक आग्रह गरिरहे । तर, माओवादी केन्द्रका अध्यक्ष सुब्बाले उपप्रमुख संग्रौलालाई तपाई को हो भन्दै प्रश्न सोधेपछि उपप्रमुख संग्रौला सुब्बासंग कड्किएका हुन् । उपप्रमुख संग्रौलाले उनलाई माओवादीको धक्कु नलगाउन भन्दै आफूसंग जोरी नखोज्न र भएको सहमति कार्यान्वयन गर्न आग्रह गरे ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार