इलाम / वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुरा भएकाहरूले वैशाख १५ मा हुने इलाम क्षेत्र २ को उपनिर्वाचनमा निर्वाचनमा भोट हाल्न पाउने भएका छन् ।
मतदान गर्ने दिन भन्दा अघिल्लो दिनसम्ममा १८ वर्ष उमेर पूरा भएका सबै मतदाताले मतदान गर्न पाउने भएका हुन् । यो व्यवस्था अहिलेसम्मको नयाँ भएको बताइएको छ ।
यस पटकको निर्वाचनका लागि इलाम क्षेत्र २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् ।
इलाम क्षेत्र २ मा इलाम र देउमाई नगरपालिका, माई नगरपालिकाका वडा ६, ७, ८, चुलाचुली, माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकाका रहेका छन् ।
७९ मतदान स्थल र एक सय ४९ मतदान केन्द्र छन् भने यी मतदान केन्द्रमा आठ सय ९४ कर्मचारी खटिँदै छन् ।
उपनिर्वाचनका लागि तीन हजार सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ ।
प्रतिक्रिया