रोङ / गाउँपालिका आगामी रोङ पर्यटन तथा कृषि महोत्सव हुने भएको छ । चैत्र ३० गतेबाट पर्यटन प्रवर्द्धन तथा कृषि क्षेत्रको विकासका निम्ति महोत्सव सञ्चालन गर्न लागिएको हो ।
स्थानीय उत्पादनको बजारीकरणका साथै धार्मिक र पर्यापर्यटनको प्रवर्द्धनका लागि आगामी वैशाख ६ गतेसम्म महोत्सव सञ्चालन गरिने जनाइएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकार याम बराल, मेलिना राई विल्सन विक्रम राई लगायतको प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए ।
झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङबाट महोत्सवमा सहभागी हुने अपेक्षा राखिएको छ ।
महोत्सव सञ्चालनका लागि आयोजकले २२ लाख २५ हजार खर्च हुने अनुमान गरेको छ ।
महोत्सव स्थलको तयारी तीव्र रूपमा हुँदै गरेको बताइएको छ ।
प्रतिक्रिया