चाररातेमा चौँरी महोत्सवको तयारी हुँदै 

शुक्रबार, २३ चैत्र २०८०
पाँचथर र पाँचथरको फालेलुङ गाउँपालिका ४ चाररातेमा नयाँबर्षको अवसर पारेर चौँरी महोत्सव गरिने भएको छ । भारतसँगको सीमावर्ती क्षेत्रमा पर्ने चाररातेमा चौँरी महोत्सव सञ्चालन गरिने भएको हो ।
 पाँचथर सदरमुकाम फिदिममा शुक्रवार पत्रकार सम्मेलन गरी सातौँ फालेलुङ ‘चौँरी पर्यटन महोत्सव’बारे जानकारी दिइएको हो ।
चैत ३० गतेदेखि तीन दिनसम्म महोत्सव सञ्चालन गर्ने तयारी छ । फालेलुङ गाउँपालिका मुख्य आयोजक रहेको उक्त महोत्सव सम्पन्न गर्न फालेलुङ कञ्चनजङ्घा पर्या–पर्यटन प्रवर्द्धन संस्था, दीप ज्योति युवा क्लब र कञ्चनजङ्घा चौँरी पालक तथा संरक्षण संस्था आयोजकको रूपमा हरेका छन् ।
उक्त अवसरमा पर्यटन र सञ्चार सम्बन्धी अन्तरक्रिया गर्ने तयारी छ ।
झाँकी प्रदर्शन, याक नृत्य, चौँरीसँग सम्बन्धित खेल प्रदर्शन, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दोहोरी प्रतियोगिता, उत्कृष्ट पर्यावरण संरक्षण सम्मान कार्यक्रम र साहसिक फुटबल प्रतियोगिता लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष वीर विक्रम थाम्सुहाङले जानकारी दिए ।
नेपालको फालेलुङ गाउँपालिका र भारतको वेस्ट बङ्गालसहित सिक्किमको सिमानामा रहेको चाररातेमा महोत्सव गर्न लागिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार