नियमावलीको मस्यौदामा नियम ४९ मा अभिकर्ताको योग्यता सम्बन्धी प्रावधानमा ‘मान्यता प्राप्त संस्था वा बोर्डबाट दश जोड दुई वा प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको’ हुनुपर्ने उल्लेख छ। योग्यता सम्बन्धी यो प्रावधानको कार्यान्वयनले पुराना र अनुभवी तर प्रवेशिका तहभन्दा माथिल्लो तहको अध्ययन पुरा नगरेका अभिकर्तालाई पेसाबाट विमुख गर्ने लक्ष्य राखेको छ।पेसागत बीमा अभिकर्ता सङ्घ नेपालले शैक्षिक योग्यता सम्बन्धी प्रावधान हाल कायम अभिकर्ताको हकमा लागू नगर्न सुझाव दिए पनि मस्यौदामा प्रावधान हटाइएको छैन। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पेसागत अभिकर्ता सङ्घले नियमावलीका सम्बन्धमा दिएको सुझाव सम्बोधन गर्न सञ्चालक समितिको बैठकबाट निर्णय गरेर अर्थ मन्त्रालयमा सिफारिस पठाइएको जानकारी दिए। अभिकर्ताको माग सम्बोधन गर्न प्राधिकरणको तर्फबाट आवश्यक पहल गर्ने उनले बताए ।
प्रतिक्रिया