ताप्लेजुङ / प्रहरीले एकथान भरुवा बन्दुक सहित ताप्लेजुङबाट एक जनालाई पक्राउ गरेको छ । फक्ताङलुङ गाउँपालिका वडा नं ५ का ५१ बर्षिय जीतबहादुर लिम्बूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले उनलाई आफ्नै घरबाट पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार चाडपर्व लक्षित लामो दुरीको गस्ति गर्ने क्रममा आफ्नै घरमा लुकाई छिपाइ राखेको एकथान भरुवा बन्दुक सहित प्रहरीले लिम्बूलाई नियन्त्रणमा लिएको हो ।
उनलाई आइतबार पक्राउ गरिएको जनाइएको छ । लिम्बुलाई अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।
प्रतिक्रिया