काठमाडौं : सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ । माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आइतबार (आज) बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो ।
सोमबार अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उनले भने, ‘जम्मा दुईवटा निर्णय गरेका छौं, जसमा निर्वाचन आयोगको सिफारिसमा स्थानिय तहको रिक्त ३९ पद नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुखदेखि लिएर वडाध्यक्षसम्मको पद खाली भएको छ, त्यो खाली भएको ठाउँमा २०८१ साल मंसिर १६ गते आइतबारको दिन निर्वाचन गर्ने निर्णय गरेका छौं ।’
संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र ३१ गते राति १२ बजे देखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।
Discussion about this post