विराटनगर । मोरङको रंगेलीमा ट्याक्टरको ठक्करबाट मंगलबार दिउँसो १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार रंगेली नगरपालिका–८ दर्वेसा चोकमा दिउँसो २ः५० बजेतिर दुर्घटना भएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले खेत जोडेर सडकमा निस्किँदै गरेको प्रदेश १–०२–००३ त २८५६ नम्बरको ट्याक्टरले दर्वेसाबाट रंगेलीतर्फ आउँदै गरेको को ३९ प ३९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिइन् ।
उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक रंगेली–१ बबिया टोलका ३२ वर्षीय केदार न्यौपानको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रंगेली–१ का ४१ वर्षीय राजन भट्टराई घाइते भएका छन् । उनलाई थप उपचारका लागि रंगेलीबाट विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ ।
मोटरसाइकल र ट्याक्टर तथा ट्याक्टर चालक रंगेली–८ का अन्दाजी ३० वर्षीय जीवन ताजपुरिया फरार रहेको प्रहरीले जनाएको छ । । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया