आयुमी तामाङको ‘आफैँलाई’ गीत सार्वजनिक

आइतबार, १६ मंसिर २०८१
काठमाडौँ । अष्ट्रेलियालाई कर्मभूमि बनाइरहेकी आयुमी तामाङले आफ्नो नयाँ साङ्गीतिक कोसेली ‘आफैँलाई’ सार्वजनिक गरेकी छिन् । आर्मी अफिसर्स क्लबमा शनिबार एक कार्यक्रमका बीच उनले आफ्नो उक्त गीतको ‘भिडियो’ सार्वजनिक गरेकी हुन् । सार्वजनिक गीतमा शब्द र सङ्गीत पनि आयुमीकै छ । गीतको भिडियो थोमसको निर्देशनमा तयार गरिएको हो । भिडियोमा गायिका तामाङले अभिनेता कुन्साङ बम्जनसँग अभिनय गरेकी छिन् । आयुमीले दुई वर्ष अगाडि ‘जाने भए’ बोलको गीत सार्वजनिक गर्दै नेपाली सङ्गीतमा प्रवेश गरेकी थिइन् । सङ्गीतमा उनी आफ्नो परिवारको तेस्रो पुस्ता हुन् । उनकी हजुरआमा धनमाया तामाङ गण्डकी क्षेत्रका चर्चित ठाडी भाका, ढिलो भाका तथा दाँइ गीतजस्ता गीतकी लोकगायिका थिइन् भने बाजे लोकबहादुर तामाङ लोकगायक थिए । आयुमाका बाबु आशबहादुर तामाङ रचनाकार, लोक गीत सङ्कलकका रुपमा परिचित छन् । नयाँ गीतका बारेमा बोल्दै आयुमीले ‘आफैँ’लाई प्रेम वा बिछोडको नभई आशावादी गीत भएको बताइन् ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार