समाचार

कोशी प्रदेश सरकार अन्तर्गतका कर्मचारीले पेन्सन पाउने

विराटनगर : कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूले योगदानमूलक निवृत्तिभरण (पेन्सन) पाउने भएका छन। कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता भएको हो