एनएमबीको नयाँ भिसा प्लाटिनम डेबिट कार्ड

विहीबार, ०८ माघ २०८२

काठमाडौँ : एनएमबी बैंकले ग्राहकलाई थप सुविधा र अझ उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ। ग्राहकको बदलिँदो जीवनशैली र आवश्यकता ध्यानमा राख्दै बैंकले ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड बजारमा ल्याएको हो।

बैंकका अनुसार यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ अनुभवलाई अझ सहज र प्रिमियम बनाउने विश्वास लिइएको छ। नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटमा आकर्षक छुटका साथै विमानस्थल लाउन्ज सुविधा प्राप्त गर्नेछन्, यद्यपि यसमा निश्चित सर्तहरू लागू हुनेछन्।

विशेषगरी धेरै यात्रा गर्ने तथा लचक र उन्नत बैंकिङ सेवा चाहने ग्राहकका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड अत्यन्त उपयोगी हुने बैंकको भनाइ छ।

कार्डमार्फत ग्राहकले नेपालभरिका कुनै पनि बैंकका एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन्। साथै भारतमा नगद झिक्दा समेत विशेष सहुलियत उपलब्ध हुने बताइएको छ।

डिजिटल बैंकिङमा सधैँ अग्रणी रहँदै आएको एनएमबी बैंकले ग्राहकलाई विशिष्ट र उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले यी अत्याधुनिक सुविधायुक्त कार्डहरू सार्वजनिक गरिएको जनाएको छ। नयाँ विशेषताहरूले ग्राहकलाई उत्कृष्ट डिजिटल बैंकिङ अनुभवसँगै विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार