साहित्य

मेरी काली

मेरो भाग्यमा नभएर होला,तिमी यति धेरै प्यारो बनेको काली। यो मनमा बास बसेर पनि,स्पर्शमा धेरै टाढा रहेको छौ तिमी। कसरी लेखूँ म हाम्रो प्रेमको कथा? शब्दमा गहिरिएको छौ तिमी। माया लेखिएन मेरो भाग्यमा,तर कविताभरि लेखिएको छौ तिमी।