सुर्खेत- दार्जुला जिल्लामा भारत सरकारकाे सहयाेगमा निर्माण हुन लागेकाे विभिन्न भाैतिक पुर्वाधारहरुकाे शिलन्यास र उद्घाटन गरीएकाे छ ।
शुक्रबार भारत सरकारकाे सहयाेगमा निर्माण हुन लागेकाे विभिन्न बिद्यालयकाे भवनकाे शिलान्यास गरीएकाे हाे ।
व्याँस गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र भारतीय राजदूतावास काठमाडौंका सचिव प्रशान्त कुमार सोनाले भारत सरकारकाे २ कराेड ८२ लाख आर्थिक सहयोगमा निर्माण हुने गाउँपालिकाकाे वडा नं–६ मा रहेकाे हिमालय माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका छन् ।
त्यसैगरी ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत ३ कराेड ३७ लाखमा निर्माण गरिएको दुहुँ गाउँपालिकामा रहेकाे जनविकास माध्यमिक विद्यालयको भवनको पनि उद्घाटन गरीएकाे छ ।
दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल र भारतीय राजदूतावासका सचिव सोनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।उक्त कार्यक्रममा समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक शिक्षिका, अभिभावक र विद्यार्थीहरुको बाक्लाे उपस्थिति रहेको थियो ।
‘नेपाल भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोगमा व्याँस गाउँपालिकामा हिमालय माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तले विद्यालय भवन, शौचालय, पर्खाल र प्रवेशद्वार निर्माण गरीएकाे छ । त्यस्तै भारत सरकारकै सहयोगमा दुहुँ गाउँपालिकामा रहेकाे जनविकास माध्यमिक विद्यालयलाई भवन निर्माण सगैँ अन्य सुविधाहरु प्रदान गरीने भएकाे छ ।
कार्यक्रममा बोल्दै व्याँस र दुहुँ गाउँपालिकाका अध्यक्षहरुले शिक्षा श्वास्थ्य लगायतका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको सहयोगको प्रशंसा गरे । दार्चुलाकाे हिमालय माध्यमिक विद्यालय र जनविकास माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयका नयाँ भवन उपयोगी हुने अध्यक्षहरुले विश्वास ब्यक्त गरे ।
यसले बिद्यार्थीहरुलाई सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने समेत उनिहरुले बताए । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी सामुदायिक विकास परियोजना अघि बढाएको छ भने ४८९ वटा परियोजना सम्पन्न गरिसकेको छ ।
यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा ४० वटा परियोजना रहेका छन् जसमा १० वटा परियोजना दार्चुलामा छन् ।
यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ। जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस दार्चुला जिल्लामा उपलब्ध गराएकाे छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहदै आएकाे छ । यी परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको दुतावसका सचिव साेनाले बताए ।
Discussion about this post