झापा/काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान केन्द्रीय सचिवालयको बैठक सम्पन्न भएको छ । शनिबार झापामा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ । आगामी पुष १३ गते मुनहोटल बिर्तामोड झापामा पूर्ण बैठक बस्ने निर्णय भएको छ । यस्तै, काश्यप गोत्रीय अधिकारी वृहत वंशावली ग्रन्थ दोस्रो संस्करण विमोचन गर्ने पनि तयारी छ । पुस १४ गते राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीलाई आमन्त्रण गरी विमोचन गर्ने तयारी गर्ने निर्णय भएको छ ।
यस्तै, सोही दिन साधारणसभासमेत सम्पन्न गर्ने तयारी भएको बैठकले निर्णय गरेको छ । उक्त कार्यक्रमका लागि अथिति निमन्त्रणा र बासको व्यावस्थापन अध्यक्ष नरेन्द्रकुमार अधिकारी र वरिष्ठ उपाध्यक्ष भीमप्रसाद अधिकारीलाई जिम्मेवारी दिइएको छ । यस्तै, आर्थिक र अन्य व्यावस्थापन चिरन्जीवी, निर्मल र निमेश अधिकारीलाई जिम्मेवारी दिइएको छ । हल र चियापान व्यवस्थापनमा जंगबहादुर अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
Discussion about this post