समाचार

सेन्चुरी ग्रुपकी शोभना दुगड अन्तराष्ट्रिय महिला उद्यमी अवार्डबाट सम्मानित

काठमाडौं । अन्तराष्ट्रिय महिला उद्यमी अवार्ड २०२५ बाट शोभना दुगड सम्मानित भएकी छन् ।  श्रीलंकाका प्रधानमन्त्रीले उनलाई उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको हो । उक्त पुरस्कारका लागि सार्क देशका तीन महिला उद्यमीलाई छनोट गरिएको थियो ।