काठमाडौं । आचार्य बन्धु समाज नेपालले जुत्तामा आचार्य लेखिएकोमा कम्पनीलाई अनुसंधान गरी कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोमा उजुरी दिएको छ ।
आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य र महासचिव शुभनराज आचार्यको एक टोलीले महाराजगंजस्थीत केन्द्रीय अनुसंधान ब्यूरोको कार्यालयमा उजुरी दिएको हो।
केन्द्रीय अनुशन्धान ब्यूरोका प्रहरी बरिष्ठ उपरीक्षक दिनेश आचार्यले साईबर ब्यूरोमा अनुशन्धानका लागि पठाईने र प्रहरीले आफ्नो अधिकार अनुसार दोषीलाई कारबाही गरिने बताए ।
Discussion about this post