उर्लाबारीमा डेरा बसेर ब्राउन सुगर कारोबार गर्ने झापाका बारही पक्राउ

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बाट प्रहरीले डेरामा बसेर ब्राउन सुगर (खैरो हेरोइन) कारोबार गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरेको छ । बिहीबार राति भएको विशेष अपरेसनमार्फत प्रहरीले झापाका एक व्यक्तिलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।