ताप्लेजुङ/ हावाहुरी र वर्षाले ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका किसानले लगाएको कृषि बालीमा क्षति गरेको छ ।
गए राति आएको हावाहुरी र वर्षाले फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा मकैलगायतका कृषि बालीमा क्षति गरेको हो ।
हाङ्देवाका वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार साबिक वडा १, २, ३ र ९ मा किसानले लगाएको कृषि बालीमा क्षति पु¥याएको छ
। वर्षा र हावाहुरीले मकै बाली, तरकारी बाली, नगदे बाली अलैँची लगायतमा क्षति पु¥याएको वडाध्यक्ष गुरुङले बताए ।
हावाहुरीले घोगा लाग्ने बेलाको मकै बाली ढालेर सोत्तर बनाएको स्थानीय किसानले बताएका छन् ।
त्यस्तै बन्दा कोपीलगायत तरकारी बालीमा हावाहुरी र वर्षाले क्षति गरेको छ । फूल खेल्दै र दाना लाग्न सुरु भएको अलैँची बालीमा पनि हावाहुरी र वर्षाले क्षति पु¥याएको छ ।
हावाहुरीले बोट भाँच्नुका साथै ढालेर क्षति गरेको छ भने वर्षाका कारण भल बाढीले तरकारी बाली र अलैँचीको फूल तथा दाना लाग्न सुरु गरेको थुँगालाई पुरेर क्षति गरेको किसानको भनाइ छ ।
Discussion about this post