चर्को गर्मीमा इग्नाइटको निःशुल्क चिसो पानी

विराटनगर : इग्नाइट फाउण्डेशन विराटनगरले निःशुल्क रुपमा चिसो पानी वितरण सुरु गरेको छ ।  जिल्ला प्रशासन कार्यालय मोरङमा हालै दर्ता भई सञ्चालनमा आएको फाउण्डेसनले पहिलो कार्यक्रमका रुपमा बटुवाहरुलाई लक्षित गरी निःशुल्क चिसो पानी वितरण सुरु गरेको हो