इटहरी । सशस्त्र प्रहरी बल पकलीद्वारा इटहरीको मोर्डन प्रिपिरेटोरी स्कुलका विद्यार्थीहरूलाई विपद् जोखिम न्यूनीकरणका लागि प्रशिक्षण दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीद्वारा इटहरीको मोडर्न प्रिपिरेटोरी सेकेण्डरी विद्यालयका विद्यार्थीहरूलाई विपद् जोखिम न्यूनीकरण तालिम सञ्चालन गरेको हो ।
प्राकृतिक प्रकोपको समयमा र प्रकोपपछि आउन सक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्व तयारी तथा आधारभूत सीपहरूको विकास सबैमा हुनु आवश्यक रहेकोले यसबारे विद्यार्थीलाई जानकारी हुनुपर्ने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पकलीका एसएसपी रबिनराज कर्णजितले बताए ।
एसएसपी कर्णजितले भने, “विद्यालय तहबाटै बिद्यार्थीहरुले विपद् जोखिम न्यूनीकरणका सैद्धान्तिक सँगै व्यवहारिक ज्ञान जान्न आवश्यक छ । यस्ता प्रशिक्षणले अप्ठ्यारो अवस्थामा आफू कसरी बच्ने र अप्ठ्यारो परिस्थितको सामना कसरी गर्ने भन्ने बारेमा सिकाउँछ ।”
सशस्त्र प्रहरी बलले १ नम्बर प्रदेश करिब १ सय ७५ बढी विद्यालयहरूमा जनचेतनामूलक कार्यक्रम गरिसकेको सशस्त्र प्रहरी बल पकलीका वरिष्ठ उपरीक्षक कर्णजीतको जानकारी दिए ।
भूकम्प ,बाढी ,पहिरो डुबान,कटान,आगलागी, शितलहर, दुर्घटना, हावाहुरी,आँधीवेरी, अतिवृष्टि, अनावृष्टि, ज्वालामुखी लगायतका आपत् कालिन अवस्थामा आइ पर्ने समस्याका कारण, समाधान, बच्ने उपाय र समस्या आई परेको खण्डमा के गर्ने रु भन्ने विषयमा सशस्त्र प्रहरी बल पकलीका निरीक्षक टेकबहादुर कटुवालले प्रशिक्षण दिएका थिए ।
विपद् व्यवस्थापन कार्यमा विपद्पछि उद्धारको कार्य गरिनु मात्र नभई विपद् अघिनै यसबाट जोगिनको लागि जनचेतनामा अभिवृद्धि गर्न ‘विपद् न्यूनीकरण कार्यक्रम’को जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका निरीक्षक कटुवालले बताए ।
विद्यालयका एक सय पचास भन्दा बढी विद्यार्थीलाई प्राकृतिक विपद् न्यूनीकरणको बारेमा प्रशिक्षण दिइएको मोडर्न प्रिपेरेटोरी विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिए । विद्यालयले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, वार्षिकोत्सव लगायतका काम गर्दै आएको प्रधानाध्यापक पौडेलले बताए ।
विद्यालयमा जनचेतनामूलक कार्यक्रमले आफूहरूले आपत्कालीन अवस्थामा आइपर्ने समस्याबाट कसरी बच्ने र समस्या न्यूनीकरणका लागि के कस्ता उपायहरू हुन्छन् भन्ने विषयमा जानकारी पाएको विद्यालयमा अध्ययनरत छात्रा खुसी विष्टले बताइन् ।
सशस्त्र प्रहरी बलले घरमा प्रयोग हुने ग्यास सिलिन्डरमा आगो लागेको अवस्थामा कसरी नियन्त्रणमा लिने भन्ने विषयमा समेत व्यवहारिक अभ्यासको प्रदर्शन गरेको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरूले आगलागी नियन्त्रणका क्रममा प्रयोग हुने सामाग्रीहरुहरुको अवलोकन गरेका थिए ।
गत साता नेपाल प्रहरीसँगको सहकार्यमा “लागूऔषध दुर्व्यसन र अनलाइन इन्टरनेटका माध्ययमबाट हुने यौन जन्य हिंसाबाट कसरी बच्ने रु” विषयमा विद्यालयले सचेतना एवम् प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।
नियमित रूपमा बिद्यार्थीहरुलाई किशोरावस्था आइपर्ने चुनौतीहरूलाई कसरी सामना गर्ने र समाजमा फैलिएका विकृतिहरूबाट कसरी बच्ने भन्ने विषयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
Discussion about this post