काठमाडौं । सम्पत्ति कमाएर ल्याउने सपनामा बोकेर बिदेसिएका राधा न्यौपानेको शव सेतो बाकसमा आउँदा परिवार शोकमा डुबेको छ । घरपरिवारलाई सुखसुविधा दिन कमाउन गएकी चेली बाकसमा फर्किंदा परिवारमा सन्नाटा छाएको छ ।
सम्पत्ति कमाउने र परिवारलाई सुखसयलका साथ पाल्ने सपनामा यूएई गएकी अर्घाखाँचीकी न्यौपाने सेतो बाकसमा फर्किएकी छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा केही महिनादेखि यूएईको आजमान सहरको ब्युटीपार्लर कम्पनीमा काम गर्दै आएकी न्यौपानेको गत ७ अप्रिलमा असामयिक निधन भएको थियो ।
मणिराम गैरे, गीता गैरे, सुशीला घिमिरे र जीवन पौडेलले मृतकको शव नेपाल पठाउन आवश्यक मात्रामा आर्थिक संकलन नभएको र अपुग रकमसहित कानुनी प्रक्रिया मिलाइदिन आग्रहसहितको निवेदन नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीलाई अनुरोध गरेपछि मृतकको शव नेपाल पठाउने प्रक्रिया अगाडि बढाइएको थियो ।
मृतक नेपालदेखि यूएई आउँदा भिजिट भिसामा आएको र पछि सो कम्पनीको काममा लागेको तर श्रम नभएको देखिन र बुझिन आएको एनआरएनए यूएईले जनाएको छ । उक्त शव सबै कानुनी प्रक्रिया पूरा गरेर बिहीबार नेपाल पठाइएको हो ।
श्रम स्वीकृत नगरी आएको, निजको शव नेपाल पठाउन सम्पूर्ण कानुनी प्रक्रिया तथा खर्च व्यवस्थापन मृतकका आफन्त, कामप्रदायक कम्पनी तथा शुभचिन्तक र नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले संयुक्त रूपमा व्यवस्थापन गरिएको जनाएको छ ।
उनी त एक प्रतिनिधि पात्र मात्र हुन् । हरेक दिन विदेश एक न एक नेपालीको मृत्यु हुने गरेको छ । अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको छ ।
तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’दयगत खोइ मूल्यांकन रु धन कमाएर परिवारलाई खुसी दिने आसमा परदेसिएका धेरै नेपाली परिबन्धमा परी विदेशी भूमिमै मृत्युवरण गर्न बाध्य छन् । धन कमाउन विदेशमा जहाजमा उडेका धेरै नेपाली यसरी नै बाकसमा फर्कने गरेका छन् ।
गाउँघरमा ऋण खोजी, भएका जग्गा धितो राखेर विदेश पुगेका नेपाली यसरी शवका रूपमा विदेशबाट फर्कने वातावरण रोक्न सरकारले पनि अब नयाँ कदम चाल्नुपर्छ । विदेशमा ज्यान गुमाउने नेपालीको संख्या दिनानुदिन बढ्दो छ ।
विदेशमा नेपाली नागरिकको अकस्मात निधन भएमा त्यो शव स्वदेशसम्म पु¥याउने जिम्मा राज्यको हो, चन्दा उठाउने विषय हुँदै होइन । यस्ता घटनामा राज्य गम्भीर हुनुपर्छ । विदेशमा काम गर्ने क्रममा ज्यान गुमाउने श्रमिकको संख्या बर्सेनि बढिरहेको देखिएको छ । पछिल्लो आठ महिनामा १ हजार २ सय ५५ युवाले विदेशी भूमिमा ज्यान गुमाउनुपरेको देखिएको छ ।
अवैध बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति भने हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ । पछिल्लो समय बिदेशमा मृत्यु भएर शव अलपत्र परेपछि एनआरएनए र सामाजिक अभियन्ताले खर्चको जोहो गरेर शव नेपाल पठाउँदै आएका छन् ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
Discussion about this post